Logo

लोक तथा दोहोरी गायक बद्री सापकोटा भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्डको सर्वोत्कृष्ट गायक विधाबाट सम्मानित



काठमाडौं, ६ जेठ । युवा लोक तथा दोहोरी गायक बद्री सापकोटा भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्डको सर्वोत्कृष्ट गायक विधाबाट सम्मानित भएका छन् । भारतको चण्डिगढमा भारतस्थित नेपाली राजदूतावासको सांस्कृतिक विभाग प्रमुख गोकूल बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गायक सापकोटा सम्मानित भएका हुन् । आवेदकमध्ये छानिएका पाँच प्रतिस्पर्धीबाट उनले उक्त अवार्ड प्राप्त गरेका थिए ।

सापकोटा पछिल्लो युवा पुस्तामा निकै रुचाइएका लोक दोहोरी गायक हुन् । उनले ‘बस बस पियारी, स्यामु नानीलाई, ए गौरी, अति भयो अति, तिमी नै मेरो जिन्दागानी, यूके बस्ने माया’ लगायतका गीतहरुमा स्वर दिएका छन् । सो कार्यक्रम सभ्य र भव्य रुपमा सफल भएको कार्यक्र सञ्चालक पी.एन. सापकोटाले बताए ।



प्रतिक्रिया दिनुहोस्