Logo

टीओआरमा कुरा मिलेन, संसद्मा रविको सम्बोधनपछि फेरि बस्ने



काठमाडौं । सहकारी प्रकरणको छानबिन गर्न गठित कार्यदलमा बन्ने कार्यादेशबारे सहमति जुटाउन बसेको बैठक सकिएको छ । कार्यदलको कार्यादेशमा दलहरु सहमति नजिक पुगेका छन् । अहिले प्रतिनिधि सभाको बैठकपछि फेरि छलफलमा जुट्ने सहमति भएको छ ।

बिहान झण्डै ९ बजेदेखि बसेको बैठक अपरान्ह सम्म आइपुग्दा पनि निष्कर्षमा पुग्न सकेन। नेपाली कांग्रेसका सांसद जीवन परियारका अनुसार, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राखेरै छानबिन समिति बनाउने कुरामा उनको पार्टीको अडान कायमै छ।

कार्यदलले तयार पार्ने टीओआरका बारेमा विभिन्न ढंगबाट छलफल चलिरहेको र अन्तिम निष्कर्ष ननिस्किएको उनले बताए। ‘छलफल सकारात्मक ढंगबाट अघि बढेकै छ,’ उनले भने, ‘फेरि बस्नेगरी छलफल अघि बढेको छ।

कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै एक व्यक्तिलाई आजै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्