Logo

सभामुखलाई उपेन्द्रको पत्रः दल विभाजन गरेर गएका सात सांसदलाई कुनै पनि गतिविधिमा सामेल गराउन मिल्दैन



काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन गरेर गएको सात सांसदलाई प्रतिनिधि सभाको कुनै पनि गतिविधिमा सहभागी नगराउन माग गरेका छन् । आज (आइतबार) संघीय संसद् सचिवालयमा पत्र दर्ता गराउँदै उनले सर्वोच्च अदालतले दिएका आदेशको आधारमा जसपा नेपाल विभाजन गरेर गएका सात सांसदहरुलाई संसद्को कुनै पनि गतिविधिमा सहभागी नगराउन माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्