Logo

कांग्रेसलाई गृहमन्त्रीको प्रश्नः ‘प्रधानमन्त्रीको अफर डेट एक्सपाएर भयो कि बाँकी नै छ ?’



काठमाडौं, ६ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेस सांसहरुमाथि कटाक्ष गर्दैै सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिए ।

उनले कांग्रेस महामन्त्री गगनकुमार थापालाई सरकारको कृषि अनुदान लिएर हिनामिना गरेकोदेखि राज्यका गोप्य सूचना विदेशीलाई बेचेको समेत आरोप लगाए । त्यस्तै, उनले आफूलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न अफर गर्नेले गृहमन्त्रीमा किन स्वीकार गर्न नमिल्ने भन्दै प्रश्न गरे । उनले आफूलाई डेढ वर्ष प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने अफर डेट एक्सपाएर भयो कि बाँकी छ ? भनेर प्रश्न गरे ।

‘म गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहीँ कुन नैतिक रुपले मिल्ने रहेछ ? यो कुरा म सदनमा सोध्न चाहन्छु । अफर गर्नेहरुले कान रातो पार्नुपर्दैन । म राजनीतिमा गोपनीयता ख्याल राख्ने मान्छे हुँ ।’ उनले भने, ‘केही गोपनीयता अवश्यकपनि राखौंला । हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने अफरको डेट एक्सपाएर भयो कि अझैं बाँकी नै छ ? त्यस पछाडि म नैतिकताको परीक्षा दिउँला ।’ Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot