Logo

प्रधानमन्त्रीले पछिल्लो पटक प्राप्त गरेकोभन्दा बढी विश्वासको मत पाउनुहुन्छः माओवादी नेता सापकोटा



काठमाडौं, ६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो पटक प्राप्त गरेको भन्दा बढी विश्वासको मत पाउने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार तत्काल तलमाथि नहुने बताएका हुन् ।

‘पछिल्लो पटक हामीले प्राप्त गरेको विश्वासको मत भन्दा संख्या बढेर जान्छ । घट्दैन । तत्काल यो सरकार तलमाथि हुने अवस्था छैन,’– उनले भने ।

समग्र सहकारीको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डले मेहनत गरेर लागि परेको उनको भनाइ छ । आज पनि धेरै मेहनत गरेपनि सहमति जुट्न नसकेको उनले बताए । ‘छानविन समिति बनाउन प्रधानमन्त्रीले गर्नुभएको मेहनत देख्नुभएकै छ । व्यक्तिको नाम उल्लेख गरेर जानेकी नजाने भन्ने कुरा मिलेको छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्