Logo

संसद्का गृहमन्त्री लामिछानेले बोल्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, ६ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुभन्दा पनि कांग्रेस नेतामाथि विभिन्न समयमा लागेको आक्षेपहरु कोट्याए ।

उनले कांग्रेस महामन्त्री गगनकुमार थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेकोदेखि कृषि अनुदान लिएर अपचलन गरेकोसम्म आरोप लगाए । त्यस्तै, रातो पास्पोर्ट दुरुपयोगदेखि रोलेक्स घडी चोरीसम्मका विषय उठाएर उनले कांग्रेसका नेतामाथि आक्रोश व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्