Logo

रास्वपा संसदीय दलको बैठक जारी, विश्वासको मतको पक्षमा ह्विप जारी गर्ने तयारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको रास्वपा सभापति रवि लामिछानको कार्यकक्षमा संसदीय दलको बैठक बसिरहेको हो ।

बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदछन् । रास्वपाले विश्वासको मतको पक्षमा ह्विप जारी गर्ने तयारी गरेको छ ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।



प्रतिक्रिया दिनुहोस्