Logo

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधन भएको पुष्टि



काठमाडौं,७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर(अब्दुल्लाहियन लगायतको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ ।

ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् ।

पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्