Logo

प्रचण्डलाई विश्वासको मत लिन नदिने रणनीतिमा देउवा, बोलाए फेरि विपक्षी दलको बैठक



काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवोल विपक्षी दलको बैठक बोलाएका छन् । कांग्रेसको जारी संसदीय दलको बैठकलगत्तै देउवाले बोलाएको बैठक सुरु हुनेछ ।

विपक्षी दलमा कांग्रेससहित राप्रपा, जसपा नेपाल, लोसपा र जनमोर्चा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संदसम विश्वासको मत लिँदैछन् ।

प्रचण्डलाई विश्वासको मत लिनबाट रोक्ने योजनामा कांग्रेस लागेको छ । विश्वासको मत लिनबाट रोक्ने रणनीतिमा रहेको कांग्रेसले विपक्षी दलको संयुक्त बैठकबाट निर्णय लिनेछ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वास मत लिने तयारी गरेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकअघि कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको हो।



प्रतिक्रिया दिनुहोस्