Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, संसद् बस्न ढिलाई हुने



काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ ।

बैठक नयाँ बानेश्वरस्थित शंकर हलमा बसिरहेको हो। बैठकमा सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रस्तावमा अवरोध नपुर्‍याउन अनुरोध गरेका छन्। प्रमुख प्रतिपक्षी र प्रतीपक्षी दलहरूलाई प्रस्तावलाई प्रभावित नबनाउन भन्दै सभामुख घिमिरेले ध्यानाकर्षण गराएका छन‍।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतबारे निर्णय हुनेछ । प्रचण्डले विश्वासको मत लिनका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाईएको छ । तर, बैठक अझै सुरु हुन सकेको छैन् ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।



प्रतिक्रिया दिनुहोस्