Logo

ममाथि छानविन हुन हुँदैन भनेर गृहमन्त्रीले राजतन्त्रात्मक शैली देखाउन हुँदैनः रामनारायण बिडारी



काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन गर्नुपर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री लामिछानेले ममाथि छानविन हुन हुँदैन भनेर भन्नु राजतन्त्रात्मक शैली हुनजाने बताएका हुन् ।

‘ममाथि छानविन हुन सक्दैन भन्नु राजतन्त्रात्मक कुरा हो । राजतन्त्रमा मात्रै रोयल फ्यामिलीमाथि छानविन हुन सक्दैन थियो । गृहमन्त्रीले त्यसो भन्न मिल्छ ? उहाँमाथि छानविन हुनसक्छ । छानविन गर्न चाहन्छौ भने गर, तर मलाई दोषी ठहर गर्न सक्दैनौ भने भन्नुपर्छ त । म टेस्ट हुन तयार छु् पो भन्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्