Logo

प्रतिनिधि सभा बैठक जारी, कांग्रेसको अवरोध कायमै {LIVE}



काठमाडौं, ७ जेठ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगतै कांग्रेसले रोस्टम घेर्न गएको थियो । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन गर्नुपर्ने भन्दै कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

आजको बैठकमा पनि कांग्रेसका सांसदहरुले विभिन्न नाराबाजी गरेका थिए । सो क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वसको मत लिने कार्यसूची रहेकाले वातावरण मिलाइदिन आग्रह गरेका थिए । तर, कांग्रेस आफ्नो अडानबाट ब्याक नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस्