Logo

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग पनि मागे विश्वासको मत



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रताव पेश गरेका छन् । आज (सोमबार) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधकाबीच उनले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन् । उनले कांग्रेसलाई पनि आफूलाई विश्वासको मत दिन आग्रह गरे ।

कांग्रेसको अवरोधका बीच उनी मर्यादापालकको सहयोगमा रोस्टममा पुगेर विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । उनले भने, ‘प्रतिपक्षका साथीहरुलाई मेरो आग्रह छ– हामी सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले यही गन्तव्यका लागि सरकारलाई विश्वासको मत दिनुस् । यसले यो संसद् राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जानेछ । राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानीत संसद्को निश्कृय होईन, सक्रिय विश्वासको मत चाहिएको छ ।’



प्रतिक्रिया दिनुहोस्