Logo

कांग्रेसको नाराबाजी छिचोल्दै यसरी पुगे रोष्टममा प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरु)



काठमाडौं,७ जेठ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक फेरि सुरु भएको हो ।

कांग्रेसको अवरोधकैबीच प्रचण्ड रोष्टममा पुगेर विश्वासको मत मागेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्‍याइएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका हुन् ।तस्बिरहरु: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्