Logo

सरकार फेर्ने प्रयास माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटियो: विष्णु पौडेल



काठमाडौं,७ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तनको प्रयास असफल भएपछि कांग्रेसले सदन अवरुद्ध गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनका लागि राखेको प्रस्तावको समर्थनमा बोल्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले कांग्रेसले गैरराजनीतिक चरित्र देखाएको आरोप लगाए ।

सोमबार प्रधानमन्त्रीको विश्वासको मतबारे छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसद पौडेलले सत्ता नपाएको बेचैनीलाई त्यागेर आफ्नो भूमिकामा पुनर्विचार कांग्रेसलाई गर्न आग्रह गरे । उनले विश्वासको मत लिने प्रक्रियालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो लोकतान्त्रिक व्यवस्था चाहेको भन्दै उनले आक्रोश पोखे ।

“सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको हो,” उनले भने, “प्रतिपक्षको व्यक्त धारणा त्यही हो । यसलाई बुझ्न कठिनाइ पर्दैन ।”



प्रतिक्रिया दिनुहोस्