Logo

कांग्रेसले आफूलाई डेमोक्रेटिक भन्छ भने संसद् अवरोध गर्नुहुँदैनः रामनारायण बिडारी



काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले कांग्रेसले संसद् अवरोध छाड्नुपर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले आफूलाई डेमोक्रेटिक भन्ने हो भने संसद् अवरोध गर्न नहुने बताएका हुन् ।

‘कांग्रेसले आफूलाई डेमोक्रेटिक भन्छ भने संसद् अवरोध गर्न हुँदैन । उनीहरुले गर्नुपर्छ चाहीँ के भने हाम्रीले बोल्न पाउनुपर्छ भन्नुपर्छ । दिनको एक दर्जनले बोल्नुपर्छ । छारस्ट पार्नुपर्छ । रविजीको पार्टीको पनी छारस्ट गर्नुपर्छ । माओवादी केन्द्रको छारस्ट पारोस् । संसद् बल प्रयोग गर्ने थलो होईन । विचार प्रयोग गर्ने थलो हो,’– उनले भने ।

आफूलाई कांग्रेस लोकतन्त्रको हिमायती भन्ने नै लाग्न छाडेकोसमेत उनले टिप्पणी गरे । कांग्रेसले कहिले राजतन्त्र चाहिन्छ भनेर हैरान पारेको र कहिले बहुमत ल्याएर आफैं माराबार गरेको उनले स्मरण गराए । साथै, सत्तामा हुँदा कांग्रेसले देशका उद्योगधन्दा कौडीको मूल्यमा बेचेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्