Logo

प्रधानमन्त्रीलाई कांग्रेस नेताको जवाफः ‘मूल्य कसले चुकाउन पर्ने हो हेर्दै जाउँला’



काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेलेरै विश्वासको मत लिनुको मूल्य चुकाउन पर्ने बताएका छन् । आज (सोमबार) प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । प्रचण्डले विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा कांग्रेसका नेताहरुले चर्को नाराबाजी गरेका थिए ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले विरोधको मूल्य चुकाउनुपर्ने बताएका थिए । प्रचण्डको उक्त चेतावनीबारे प्रतिक्रिया दिँदै नेता खतिवडाले भने, ‘कसले कहाँ मूल्य चुकाउँदैछ, तपाईँहरुले हेर्नुहोला । संसदीय प्रजातन्त्रमा मार्सल लगाएर विश्वासको मत लिनेले मूल्य चुकाउने कि हामीले पद्धतिअनुसार, संसदीय मान्यताअनुसार, संविधानअनुसार जाऔं भन्दा मूल्य चुकाउने त्यो बारेमा भोलि छलफल होला, हेर्दै जाउँला ।’



प्रतिक्रिया दिनुहोस्