Logo

सभामुखसँग संसद् चलाउन अर्को विकल्प नै थिएनः मन्त्री गिरी



काठमाडौं, ७ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संसद् चलाउनका लागि अर्को विकल्प नै नभएपछि सभामुख देवराज घिमिरे पेलेरै अगाडि बढेको प्रतिक्रिया दिएका छन् । आज (सोमबार) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच सभामुखले संसद्को काम कारबाही अगाडि बढाएका थिए । कांग्रेसको विरोधका बावजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्बाट विश्वासको मत लिए ।

प्रमुख प्रतिपक्षीको विरोधका बावजुद पेलेरै संसद् अगाडि बढाएपछि कांग्रेसले सभामुखले कुनै अमुक दलको रबर स्ट्याम्प बनेको टिप्पणी गरेको थियो । प्रमुख प्रतिपक्षी दलको उक्त टिप्पणीमा जवाफ दिँदै मन्त्री गिरीले भने, ‘अन्तिमसम्म सभामुखले प्रयास गर्नुभयो । यो भन्दा अर्को विकल्प नै थिएन ।’

मन्त्री गिरीले कांग्रेसले आफ्नो स्वार्थको रोटी सेक्नका लागि सहकारी ठगी प्रकरणको विषय उठाएको आरोप लगाए । रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको हो भने छानविन भन्दापनि कारबाही हुनुपर्ने उनले बताए । समग्र सहकारीमा देखिएको समस्या समाधान गर्नेगरी संसदीय समिति बन्ने कुरामा एमाले सकारात्मक रहेको उनले बताए । उनले छिट्टै कार्यदलको बैठक बसेर कार्यादेश (टीओआर) तयार हुने उनले विश्वास व्यक्त गरे । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्