Logo

टीआरसीमा राष्ट्रिय सहमति आवश्यक छः देव गुरुङ



काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले टीआरसी शान्ति प्रक्रियासँग सम्बन्धित विषय भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

आज (सोमबार) कमलादीमा बेपत्ता दिवसको अवसरमा माओवादी घटकहरुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस विषयमा कम्तिमा १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने दलहरुको सहमति आवश्यक रहेको बताएका हुन् । ‘यो विषय शान्ति प्रक्रियासँग जोडिएको विषय भएकाले राष्ट्रिय सहमतिको जरुरी छ । तर, सहमति भइरहेको छैन । कम्तिमा १२ बुँदेमा हस्ताक्षर गरेका दलहरुबीच सहमति हुन जरुरी छ,’– महासचिव गुरुङले भने ।

साथै, अहिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढिसकेको पनि उनले बताए ।

विगत कालको शान्ति प्रक्रियालाई हल गर्नेभन्दा पनि भइरहेको शान्ति भंग गराएर द्वन्द्व सिर्जना गर्नेतर्फ केही तत्तहरु सक्रिय रहेको उनले बताए । महासचिव गुरुङले समान प्रकारको जवाफदेही, जिम्मेवारी र बुझाइ बनाउन नसकिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्