Logo

सात सांसदलाई संसद्को गतिविधिमा सामेल नगराउन माग गर्दैै उपेन्द्रले दायर गरेको रिट हेर्न नभ्याइनेमा



काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन गरेर गएका सात सांसदहरुलाई संसद्को कुनै पनि गतिविधिमा सामेल नगराउन माग गर्दै दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधिश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको उक्त रिटमा अन्तिम नम्बरमा रहेको थियो । उपेन्द्रले दल विभाजनविरुद्ध यसअघि पनि रिट दायर गरेका थिए । सो रिटमा अन्तरिम आदेश माग गरिएको थियो । सुनुवाइका क्रममा सो रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै निर्वाचन आयोगका निर्वाच जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्नु भन्ने आदेश दिएको थियो । अन्तरिमक आदेश दिने वा नदिने भन्ने सन्दर्भमा जेठ ८ गते दुवै पक्षलाई सफलमा बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रयोजनमा सर्वोच्चको आदेश बमोजिम सात सांसदहरुलाई सहभागी गराउन नहुने उपेन्द्रको माग थियो । हिजो दायर गरिएको उक्त रिटमा आज सुनुवाइ तोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्