Logo

मधेश पुगेर माधव नेपालले भने: सरोज यादव नेतृत्वको सरकार फेरिन्छ



काठमाडौं,८ जेठ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए ।

मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताए ।

“प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ, ”, अध्यक्ष भने । फरक प्रसङ्गमा उनले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख गरे ।

मधेशमा हाल उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार छ । तर सत्ता साझेदार दलहरु माओवादी र एमाले सरकारबाट बाहिरिएपछि उनी अल्पमतमा छन् ।



प्रतिक्रिया दिनुहोस्