Logo

प्रमुख सचेतकसँग सभामुखको छलफल जारी, संसद बैठकमा ढिलाई



काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरुसँग छलफल गरिरहेका छन् । सभामुको कार्यकक्षमा अहिले छलफल जारी छ ।

सबै दलका प्रमुख सचेतकसँगको छलफल गर्नुअघि सभामुख विपक्षी दलका प्रमुख सचेतकसँग बसेका थिए । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको भएपनि संसद सुचारु गर्नेबारे सहमति नजुट्दा सुरू हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेकाले छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसदमा अवरोध गर्दै आएको छ । छानबिन समितिको कार्यादेश टुंग्याउन बनेको कार्यदलको मंगलबार बिहान बसेको बैठकमा पनि सहमति हुन सकेन ।



प्रतिक्रिया दिनुहोस्