Logo

प्रधानमन्त्रीले दिन्छु भन्ने सबैको विश्वासको मत लिन नहुनेरहेछ भन्ने अनुभूति गर्नुभएको छः देवेन्द्र पौडेल



काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिन्छु भन्ने सबैको विश्वासको मत लिन नहुनेरहेछ भन्ने अनुभूति गरेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सोही कारण प्रधानमन्त्री प्रचण्डले संसद्मा सबैसँग विश्वासको नमागेको बताए ।

‘प्रधानमन्त्रीले विश्वासको मत लिँदाखेरी विश्वासको मत दिन्छु भन्नेको पनि सबैको लिन हुँदोरहेनछ भन्ने अनुभूति गर्नुभएको छ र सबैसँग माग्नुभएन । सबैसँग माग्दा दलले भोलि हामीले विश्वासको मत फिर्ता लियौं भन्नेवित्तिकै फेरि विश्वासको मत लिनुपर्ने स्थिति हुँदोरहेछ,’– उनले भने ।

साथै, अहिले वाम ध्रुवीकरणको वातावरण निर्माण हुँदैगएको उनको भनाइ छ । सो कारणले अहिले संसद्को गणित झन बलियो बन्दै गएको उनको दाबी छ । ‘भर्खरै सरकार संकटमा पर्दैन । आजको स्थिति त झन ध्रुवीकरणतिर गएर सरकार झन स्थायित्वतिर र सरकारको गणित चाहीँ झन बलियो भएर जान्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्