Logo

कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको विषय संसद्मा छिर्यो, कांग्रेसले नसहने



काठमाडौं,८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कान्तिपुरका मालिक कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएकोबारे आपत्ति जनाएको छ ।

आज बसेको संसद्को बैठडकमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले कानून सो विषय उठाएका हुन् । उनले कसैलाई प्रतिशोधका आधारमा पक्राउ पूर्जी जारी गरिनु कांग्रेसका लागि सैय्ह नहुने चेतावनी दिए ।

उनले भने, ‘कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानूनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर, आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन ।’

सिरोहियाविरुद्ध आज पक्राउ पूर्जी जारी भएको थियो । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।



प्रतिक्रिया दिनुहोस्