Logo

एमाले नेता भट्टराईको टिप्पणीः ‘संसदीय समितिको माग उठाएर कांग्रेस फस्यो’



काठमाडौं, ८ जेठ । नेकपा (एमाले) का नेता योगेश भट्टराईले संसदीय समितिको माग उठाएर नेपाली कांग्रेस फसेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सुन काण्डमा जस्तो न्यायायिक आयोगको माग नउठाएर कांग्रेस फसेको टिप्पणी गरेका हुन् ।

‘नेपाली कांग्रेस यो संसदीय समितिको माग उठाएर फस्यो भन्ने मलाई लाग्छ । संसदीय समितिसँग पोख्त मेनवापर पनि हुँदैन । त्यस्तो प्रविधि पनि छैन । बरु उहाँहरुले सुन काण्डमा जस्तो न्यायायिक आयोग मागेको भए त्यसले छानविन गर्थ्यो,’– उनले भने ।

कांग्रेसले माग गरेको संसदीय समिति बनाउन सहमति भएपनि टीओआर नटुङ्गिएको उनको भनाइ छ । उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको पुष्टि भए छानविन समितिले नछाड्ने बताए ।



प्रतिक्रिया दिनुहोस्