Logo

पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को (तस्बिरहरु)



काठमाडौं । नागरिकता कीर्ति कसुरमा पक्राउ पूर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रूपका मालिक कैलाश सिरोहियालाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताको लर्को लागेको छ ।

सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन् ।

उनीविरुद्ध आज पक्राउ पूर्जी जारी भएको थियो । नागरिकता किर्ते कसुरमा सिरोहियाविरुद्ध आज पक्राउ पुर्जी जारी भएको थियो । धनुषा प्रहरी कार्यालयले उनीविरुद्ध आज अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।

यता आफूमाथि पक्राउ पूर्जी जारी भएपछि राजनीतिक प्रतिशोध साँधिएको सिरोहियाको दाबी छ । उनले भनेका छन, ‘यस्ता कुनै पनि ब्लाकमेलिङ र राजनीतिक ब्ल्याकमेलिङबाट हामी कति पनि विचलित नभई आफ्नो कर्तव्य पूरा गर्छौँ ।’

तस्बिरहरु: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्