Logo

प्रधानमन्त्रीभन्दा गृहमन्त्री धनी, सुनमात्रै ८० तोला, अरु के-के छ सम्पत्ति ?



काठमाडौं,८ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत साता बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सोही निर्णयअनुसार लामिछानेले आफ्नो र श्रीमती निकिता पौडेलको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ । विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ ।

त्यस्तै लामिछानेले आफूसँग करिव ८० तोला सुन रहेको पनि उल्लख गरेका छन् ती सबै आमा बुवा र श्रीमतीबाट प्राप्त गरेको उनले बताएका छन् ।

यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।

यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्