Logo

उपेन्द्रले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी, दुवै पक्षलाई छलफलमा बोलाइयो



काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी नेपाल विभाजन गरेर जनता समाजवादी पार्टी दल दर्ता गराएका सात सांसदविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने क्रममा अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम सहभागी गराउन रोक लगाउन माग गर्दै उपेन्द्रले गत आइतबार रिट दायर गरेका थिए ।

सो रिटमा आज सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न कारण देखाउन आदेश समेत जारी गरेको छ । अन्तरिम आदेश जारी हु्ने वा नहुने बारे निश्कर्षमा पुग्न जेठ १४ गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्