Logo

गृहमन्त्री लामिछानेलाई झाँक्रिको चेतावनीः ‘लोकतन्त्रमा जसले बदला लिन्छ, त्यो नाङ्गिन्छ’



काठमाडौं, ९ जेठ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रवृत्त भावना राखेर बदला लिएको बताएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि समाचार लेखेकै आधारमा बदला लिइएको बताएकी हुन् । उनले लोकतन्त्रमा बदला लिनेहरु छिट्टै नाङ्गिने पनि चेतावनी दिएकी छन् ।

‘व्यक्तिले गरेका गल्ती अथवा अपराधलाई मिडिया हो भनेर छुपाउन मिल्दैन । तर, कैलाश सिरोहियामाथि जे चार्ज लगाइएको छ, उहाँले आफ्नो मिडियामार्फत त्यो कुरा बताइसक्नु भएको छ । उहाँ कुनै गैर नागरिक भएर, नागरिकता त्यागेर अर्का नागरिकता लिएको जस्तो त हामीलाई लाग्दैन उहाँले भनेअनुसार ।’ उनले भनिन्, ‘डेढ वर्षदेखि उहाँको दोहोरो नागरिकताको कुरा, नागरिकता परित्याग गरिसकेपछि अर्को नागरिकताको प्रमाणपत्र नलिएको इष्यूलाई जसरी मिडियाले जनताका बीचमा पुर्याए, त्यही भएर मिडिया हाउसको बारेमा उहाँ अनुदार हुनुभएको थियो । उहाँ सत्तामा आएपछि बदला लिनुहुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो । यो बदलाको स्टेप हो । लोकतन्त्रमा जसले बदला लिन्छ, त्यो नाङ्गिन्छ ।’



प्रतिक्रिया दिनुहोस्