Logo

गृहमन्त्रीको व्यक्तिगत रुचि हावी देखिन्छ: रिजाल, मिडिया हाउसमा प्रहरी मार्च निन्दनीय छ: पौड्याल



काठमाडौं,९ जेठ । नेकपा एमालेका नेता विष्णु रिजालले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रुची हावी भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा आफ्नो धारा सार्वजनिक गर्दै रिजालले भनेका छन् ‘राज्यलाई प्रतिशोध सॉध्ने र उत्तेजित हुने छुट छैन । कैलाश सिरोहियामाथि जुन व्यवहार गरिएको छ, यसमा गृहमन्त्रीजीको व्यक्तिगत रुचि हावी देखिन्छ । न्यायिक निरुपण आफ्नो हिसाबले होला तर गृह प्रशासनको उत्तेजनापूर्ण र प्रतिशोधात्मक व्यवहारले समग्र सरकारकै छविमा प्रश्न खडा गरेको छ’ ।

त्यस्तै एमालेकै नेता तथा पूर्व परराष्ट्रमन्त्री डा विमला राई पौडेलले मिडिया हाउसमा प्रहरी उपस्थित हुन् निन्दनीय रहेको टिप्पणी गरेकी छन् । राष्ट्रिय सभाकी पूर्वसदस्यसमेत रहेकी पौड्यालले भनेकी छिन्, ‘कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ। समाचार चित्त परेन भने मानहानी मुद्दा राख्नुस्, नागरिकता सवाल छनबिन गर्न थुन्नै पर्ने हैन। सिरोहिया सार्वजनिक पदमा छैनन्, प्रमाण हटाउन सक्दैनन्। थुनेर छनबिन गर्नु पर्दैन। संयम बन्नुस् गृहमन्त्री प्लिज’ ।

नागरिकता कीर्ते प्रकरणमा सिरोहिया मंगलबार पक्राउ परेका थिए । उनलाई मंगलबार नै धनुषामा लगिएको छ । सिरोहियालाई आद जिल्ला अदालतमा पेश गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्