Logo

गृहमन्त्री लामिछाने राहदानी प्रकरणमा जाक्किने झाँक्रीको ठोकुवा (भिडिओसहित)



काठमाडौं, ९ जेठ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको दुईवटा राहदानी प्रकरणमा राजनीतिक स्वार्थका आधारमा मुद्दा अगाडि नबढाइएको बताएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणितीय हिसाबले २०÷२१ सिट भएको पार्टीले सरकार बनाउन र भत्काउन भूमिका खेल्न सक्ने भएकाले गृहमन्त्री लामिछानेको राहदानी विवाद छानविन नभएको बताएकी हुन् । दोहोरो राहदानी लिनु जघन्य अपराध रहेको नेतृ झाँक्रीको भनाइ छ ।

‘दुई वटा नागरिकता लिनु अपराध हो । दुईवटा पासपोर्ट लिनु त झन जघन्य अपराध नै हो । दुईवटा पासपोर्टको ईष्यु चाहीँ टुङ्गिएकै छैन । गणितीय हिसाबले २०÷२१ सिटको पार्टीले सरकार बनाउन र भत्काउन भूमिका हुने भएकाले सरकारले त्यो मुद्दालाई अगाडि नबढाएको हो ।’ उनले भनिन्, ‘गणितीय दवाबको कारणले राजनीतिक इन्ट्रेस्टको आधारमा ती मुद्दा अगाडि नबढाइएको हो । कुनै पनि बेला उहाँ पनि जाक्किने कुरा सत्य छ ।’



प्रतिक्रिया दिनुहोस्