Logo

कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठक सुरू, रविको आरोप, सहकारी प्रकरणदेखि सिरोहिया पक्राउसम्म छलफल हुने



काठमाडौं,९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बसेको छ।

बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र राष्ट्रिय सभा सांसदहरू सहभागी छन्।

समसामयिक राजनीतिक घटनाक्रम, सदनमा कांग्रेसले उठान गर्दै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका आन्तरिक विषयमाथि छलफल गरी धारणा बनाउन बैठक बसेको हो।

पार्टी मूख्यालय सानेपा ललितपुरमा सुरु भएको बैठकले सरकारविरुद्ध कडा रणनीति बनाउने छ । कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

यता, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा पनि सरकारप्रति कांग्रेस आक्रोशित बनेको छ। गृहमन्त्री लामिछानेले व्यक्तिगत रिसीइबीका कारणले पक्राउ गरेको भन्दै कांग्रेसका नेताहरुले असन्तुष्टि जनाइसकेका छन् ।file photo



प्रतिक्रिया दिनुहोस्