Logo

संसदीय समितिलाई आवश्यक पर्ने बजेटबारे सभामुखले गरे सभापति र अर्थमन्त्रीसँग छलफल (तस्बिरहरु)



काठमाडौं । संघीय संसद्अन्तर्गतका समितिलाई आवश्यक पर्ने बजेटबारे सभामुख र राष्ट्रिय सभाका अध्यक्षहरुले सरोकारवालासँग छलफल गरेका छन् ।

बुधबार बिहान सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुनलगायतको उपस्थितिमा छलफल गरिएको हो । आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते सार्वजनिक हुँदैछ । सरकारले यसअघि प्रत्येक समितिलाई बैठक सञ्चालनका लागि हरेक वर्ष १० लाख दिँदै आएको थियो । तर, उक्त रकम कम भएको गुनासो समितिहरुले गर्दै आएका छन् ।

बजेट अभावका कारण विभिन्न संसदीय समितिहरूले काम गर्न नसकेको लगायत संसद्का कुन–कुन क्षेत्र विषयका लागि कति बजेट आवश्यक पर्छ भन्ने बारेमा छलफल भइरहेको हो ।

तस्बिर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्