Logo

सहकारी ठगीविरुद्ध सडकमा उत्रिने कांग्रेसको निर्णय, रविको राजीनामा पनि मागिने



काठमाडौं,९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने मागलाई लिएर झन कडा हुने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

यसअघि यही मागलाई लिएर संसद अवरोध गर्दै आएको कांग्रेसले सडक आन्दोलन गर्ने भएको हो । बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलन गर्ने र रविको राजीनामा पनि माग्ने निर्णय गरेको हो ।

प्रथम चरणमा कांग्रेसले काठमाडौंमा प्रदर्शन गर्नेछ । त्यसपछि सहकारी प्रकरणमा प्रभावित शहरहरू पोखरा, चितवन, रुपन्देही र अन्य शहरमा आन्दोलन गर्ने भएको हो ।

कांग्रेसले यसअघि यो प्रकरणमा भ्रातृ संस्थालाई सडकमा उतारेको थियो । अब पार्टी नै सडकमा उत्रिने भएको हो ।



प्रतिक्रिया दिनुहोस्