Logo

कवि तथा हाँस्यव्यङ्ग्य कलाकार श्रीकृष्ण सिम्खडाको ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ९ जेठ । कवि तथा हाँस्यव्यङ्ग्य कलाकार श्रीकृष्ण सिम्खडाको ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ । सिम्खडाले आफ्नो युट्युब च्यानल Shreekrishna Simkhada मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा स्वर, शब्द र संगीत सिम्खडा आफ्नै रहेको छ । गीतको म्युजिक एरेन्ज वरिष्ठ गायक तथा संगीतकार सञ्जय खड्गीले गरेका हुन् ।

कवि एवं हाँस्यव्यङ्ग्य कलाकारको पहिचान बनाएका सिम्खडाले पहिलो पटक आधुनिक गीत गाएका हुन् । विश्वमा बढेको शक्तिको होडबाजीलाई रोक्न सिर्जनामार्फत सन्देश दिन खोजिएको उनले बताए ।

गीत सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘सबै जित्नमात्रै डौडिरहेको र हार्न कोही तयार नभएको विश्व परिवेशलाई आत्मसात गर्दै शान्तिका लागि बुद्ध जन्मेको देशबाट सबैलाई एकचोटी हारेर जित्न गीतमार्फत आह्वान गरेको हुँ ।’

उनी प्यारोडी गायक पनि हुन् । हरेक वर्ष गाइजात्राको अवसरमा उनले कुनै न कुनै प्यारोडी गीत ल्याउने गरेका छन् । उनका प्यारोडी गीतमा देशमा भइरहेका विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध गतिलो झापड पाउन सकिन्छ ।

सिम्खडाको यसअघि ‘श्रीकृष्ण सिम्खडाका कविता संग्रह, भाग–१ र भाग–२’ पनि प्रकाशित भइसकेका छन् । यसअघि उनी लामो समय सार्वजनिक सौचालय सरसफाइ अभियानमा थिए । ढुङ्गाका पहरादेखि उनी ढुङ्गे धारा, सडक पेटी, स्कूल र कलेजहरुमा पछिल्ला वर्षहरुमा कविता सुनाउँदै हिँड्थे ।

उनले सुरु गरेको सामाजिक अभियान र बाल्यकालदेखिका उनको संघर्षका बारेमा बनेको बृत्तचित्र केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट सार्वजनिक भएको थियो ।



प्रतिक्रिया दिनुहोस्