Logo

सभामुखलाई समितिका सभापतिहरुले भने, ‘सवारी साधनहरु धेरै पुरानो भए, नयाँ किनिदिनुपर्यो’



काठमाडौं, ९ जेठ । संघीय संसद्अन्तर्गतका समितिलाई आवश्यक पर्ने बजेटबारे सभामुख र राष्ट्रिय सभाका अध्यक्षहरुले सरोकारवालासँग छलफल गरेका छन् । बुधबार सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुनलगायतको उपस्थितिमा छलफल गरिएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले संसद् सचिवालयलाई चुस्तदुरुस्त बनाउनेबारे छलफल भएको बताए । साथै, सभापतिहरुले चढ्ने सवारी साधनहरु धेरै पुराना भएकाले नयाँ किन्नुपर्नेबारे पनि छलफल भएको उनको भनाइ छ ।

‘संघीय सचिवालयलाई कसरी चुस्तदुरुस्त बनाउन सकिन्छ ? यसमा बजेटको अभाव हुन नदिन के गर्न सकिन्छ ? हामीले पठाएको सिलिङ कुन प्रकारको बजेटमा आउँदैछ भन्ने कुराहरु राख्नुभयो । यो भित्र विभिन्न शाखाहरु रहेका छन् । ती शाखाहरुले के कारणले राम्रो काम गर्न सकिरहेका छैनन् ? सवारी साधनहरु धेरै पुराना भए । तिनलाई कसरी मर्मत गर्ने र नयाँ कसरी किन्ने यो विषयमा छलफल भयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot