Logo

भीम रावलको प्रश्नः रवि लामिछाने र कैलाश सिरोहियाका लागि फरक–फरक कानुन छ ?



काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरीत विदेशको समेत गरी दुईवटा नागरिकता र दुई देशको पासपोर्ट हुँदा पनि कुनै कारबाही नभएको र सिरोहियालाई भने उजुरी परेकै भरमा कार्यकक्षबाट पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले यसलाई कानुनी राज्यको उपहास भनेका छन् ।

नेता रावलले मन्त्री र अरुको लागि कानुन फरक–फरक छ ? भनी प्रश्नसमेत गरेका छन् । ‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानून विपरीत विदेशको समेत गरी दुईटा नागरिकता र राहादानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा ‘विवरण फरक परेको’ भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लाने । के मन्त्री र अरूका लागि फरक–फरक कानून छ ? कानूनी राज्यको उपहास । के प्रकाशन गृहलाई सुरक्षा घेरामा राखेर त्यसका अध्यक्षलाई रातारात काठमाडौं बाहिर लैजाने काम गृहमन्त्री र निजको दलका कतिपय व्यक्ति सहकारीको करोडौं रूपैयाँ ठगीमा संलग्न भएका तथ्य समाचार प्रकाशित भएपछि प्रतिशोध साध्ने र आतङ्कित पार्ने दुराशयबाट गरिएको भन्ने देखिन्न र ?’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot