Logo

कांग्रेसको निश्कर्षः ‘सरकार निरङ्कुशतातर्फ उन्मुख भयो’



काठमाडौं, ९ जेठ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको निश्कर्ष निकालेको छ । आज (बुधबार) बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले कानुन र विधिलाई मिचेर निरङ्कुशता उन्मुख भएको निश्कर्ष सुनाएका हुन् ।

‘सरकार निरङ्कुशता उन्मुख भइरहेको छ । कानुन, विधिलाई मिच्ने, निरङ्कुशता उन्मुख हुने, कानुनी राज्यको विपरीत उभिने काम सरकारबाट भएको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ । यस्तो प्रवृत्तिविरुद्ध कांग्रेस सशक्त रुपमा उभिन्छ,’– उनले भने ।

साथै, बैठकले सरकारविरुद्ध आगामी जेठ १३ गते प्रदर्शन गर्ने गरेको पनि उनले बताए । सरकारका पछिल्ला गतिविधिविरुद्ध काठमाडौं जिल्ला समितिको नेतृत्वमा प्रदर्शन हुने उनको भनाइ छ । ‘काठमाडौं जिल्ला समितिले १३ गते २ बजे प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्दैैछ । यसमा सम्पूर्ण भातृ संगठनहरु र पार्टीका साथीहरु पनि संलग्न हुनुहुनेछ,’– प्रवक्ता महतले भने ।

प्रदर्शनका क्रममा समग्र सरकारको गलत प्रवृत्ति र संसदीय प्रक्रियालाई मिचेर बजेट ल्याउने, अध्यादेशबाट सत्ता चलाउने मानसिकताको विरोध हुने उनले बताए । सहकारीको ठगीविरुद्ध र बचतकर्ताको रमक संरक्षाका पक्षमा पनि प्रदर्शनका क्रममा सरकारको ध्यानाकार्षण गराइने उनले बताए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot