Logo

गृहमन्त्री लामिछानेले प्रतिशोधको भावना राखेर सिरोहियालाई पक्राउ गरेको कांग्रेसको निश्कर्ष



काठमाडौं, ९ जेठ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिशोधको भावना राखेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको निश्कर्ष निकालेको छ । आज (बुधबार) बसेको बैठकले सरकारले मिडियालाई नियन्त्रणमा लिने र त्रासमा राख्ने काम गर्न खोजेको निचोड निकालेको हो ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकको निर्णय सुनाउँदै भने, ‘कान्तिपुर मिडियाका अध्यक्षविरुद्ध गृह प्रशासन जसरी प्रस्तुत भयो, यो स्पष्ट लोकतन्त्र स्थापनाका लागि लगातार विभिन्न मिडियाहरुले भूमिका खेलेको छ । कान्तिपुरले पनि महत्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो समयमा गृहमन्त्रीको सहकारी अपचलनको विषयमा निरन्तर खबर सम्प्रेषित गरेको छ । त्यसलाई पनि मध्यनजर राख्दाखेरी प्रतिशोधको भावनाबाट यो निर्णय भएको हाम्रो ठहर छ । यो कार्यको हामी घोर भत्र्सना गर्छौं ।’ File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot