Logo

सिटिजन्स बैंकका ग्राहकहरू न्यूरो कार्डियो हस्पिटलमा सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने



काठमाडौं, ९ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच ग्राहकहरुलाई सेवामा छुट दिने सम्बन्धमा समझदारी भएको छ ।

समझदारीअनुसार अब सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सो हस्पिटलमा सेवा लिम्दा १० प्रतिशतसम्म छुट पाउनेछन् । हस्पिटलसँगको सहकार्यले ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot