Logo

रविजीको कार्यशैलीका कारण सरकारलाई अप्ठ्यारो परेको छः एमाले नेता रिजाल



काठमाडौं, १० जेठ । नेकपा (एमाले) का नेता विष्णु रिजालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रूचिले काम गरेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री लामिछानेले सिरोहियामाथि प्रतिशोध गराखेर काम गरेको बताएका हुन् । उनले लोकतान्त्रिक राज्यमा यस्ताखाले गतिविधिहरु उपयु्क्त नहुने बताए ।

‘राज्यले आफ्नो हिसाबले काम गरेको छ । यो विषय अब अदालत प्रवेश गरेको छ । यो छिटोभन्दा छिटो न्यायिक प्रकृयाबाट निरुपण हुन्छ । हामी स्वतन्त्र सञ्चार माध्यकको विपक्षमा छैनौं ।’ उनले भने, ‘लोकतन्त्रमा सञ्चार माध्यमको मुख थुन्ने, सञ्चार माध्यममाथि ज्यादति गर्ने भन्ने कुराको कोही पनि समर्थन गर्न सक्दैन । कैलाशजीलाई अहिले जुन ढंगले गिरफ्तार गरियो, यसमा गृहमन्त्रीजीको व्यक्तिगत रूचीले अलि बढी काम गरेको देखिन्छ । जुन कुरा लोकतान्त्रिक राज्यमा उपयुक्त हुँदैन ।’

उपप्रधान एवं गृहमन्त्री लामिछानेले केही दिनअघि संसद्मा दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै नेता रिजालले उनको स्वभाव, प्रतिक्रियात्क अभिव्यक्ति र कार्यशैलीको कारण सरकारलाई समेत अप्ठ्यारो परेको बताए । उनले भने, ‘रविजीको स्वभाव, उहाँको प्रतिक्रियात्मक अभिव्यक्ति, उहाँको कार्यशैलीले सरकारलाई अलिकति अप्ठ्यारो परेको छ । अनावश्यक ढंगले हामीले जवाफ दिनुपर्ने, अनावश्यक ढंगले हामी यी विषयमा जोडिनुपर्ने जस्तो यो परिस्थिति आएको छ ।’ File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot