Logo

सहकारी ठगी प्रकरण विषयान्तर गराउन कैलाश सिरोहियालाई पक्राउ गरियोः मानुषी यमी



काठमाडौं, १० जेठ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले सहकारी ठगी प्रकरण विषयान्तर गराउन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको टिप्पणी गरेकी छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगी प्रकरणको विषयान्तर गराउन खोजेको बताएकी हुन् ।

‘अहिले जुन पछिल्लो घटनाक्रम हामीले देखिरहेका छौं, राज्य र प्रेस जगतमा फाटो ल्याउने काम भइरहेको छ । यो लाखौं सहकारी पीडितहरुको जेन्युन मागबाट विषयान्तर गराउन यो फोहोरी खेल भइराखेको छ,’– उनले भनिन् ।

साथै, नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकीकरण हुने सम्भावना नरहेको उनले बताईन् । उनले माओवादीका नेताहरुले आफूहरुले धेरै पहिला पठाएको प्रस्तावको जवाफ नदिएर उल्टै पार्टी विभाजनमा भूमिका खेलेको बताईन् । उनले नेसपा जनताको मुद्दा बोकेर हिँडिरहेको समेत बताईन् । अहिले आफूहरु बालविकास (ईसीडी) शिक्षकको सेवा सुविधा र सामुदायिक विद्यालयका विद्यार्थीहरुको दिवा खाजाको विषयमा आवाज उठाइरहेको बताईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot