Logo

गण्डकी प्रदेश सभाको बैठक आह्वानपछि रुष्ट बन्यो कांग्रेस, सर्वोच्चमा मुद्दा नटुंगिएसम्म बहिष्कार गर्ने निर्णय



काठमाडौं,१० जेठ । गण्डकी प्रदेशसभा बैठक आह्वान भएको छ ।

सभामुख कृष्ण धितालले शुक्रबारका लागि संसद् बैठक बोलाएका हुन् । उनको आह्वानसँगै संसद् सचिवालयले सबै प्रदेशसभा सदस्यलाई मोबाएलमा म्यासेज पठाएर शुक्रबारदेखि बैठक हुने जानकारी गराएको छ । संसद् बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन ।

यसैबीच सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको बैठक बोलाईएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सर्वोच्चबाट मुद्दा नटुंगिएसम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने व्यहोरा जानकारी गराउँदै जेठ ११ गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा सहभागी नहुने नेपाली कांग्रेस संसदीय दलको निर्णय जानकारी गराइन्छ ।”

अदालतको आदेश विपरीत कार्य गरे पाइएमा नेपाली कांग्रेस संसदीय दललाई मान्य नहुने पनि चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् सरकार र आदेश उल्लंघन गर्ने पक्ष नै हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot