Logo

महिला एसिया कपका लागि इन्दूको कप्तानीमा २८ सदस्यीय टोली बन्द प्रशिक्षणमा



काठमाडौं,१० जेठ । महिला एसियाक कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बिहीबार २८ सदस्यीय बन्द प्रशिक्षण टिम घोषणा गरेको हो ।

टिमको कप्तानमा इन्दु बर्मा रहेकी छिन् । आगामी जुलाईमा श्रीलंकामा हुने प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षाणमा बोलाइएको हो । बन्द प्रशिक्षणबाट टिम सेलेक्ट हुनेछ ।

नेपालले पहिलोपटक महिला एसिया कप क्रिकेट खेल्न लागेको हो । टी– २० प्रारुपमा हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । भारत, पाकिस्तान र यूएई पनि छन् ।

टिम नेपाल: इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) पूजा महतो, सबनम राई, रुबी पोद्दार (विकेटकिपर), खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खाडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, संगीता राई, आरती महतो, डली भट्ट, बिन्दु रावल, रोमा थापा, सावित्री धामी, ममता चौधरी, यशोदा बिष्ट, कृतिका मरासिनी, सोनी पाखरिन, राजमती ऐरी, हेलिशा गुरुङ



प्रतिक्रिया दिनुहोस्

Screenshot