Logo

एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित



काठमाडौं । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् ।

आठौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको आज सम्पन्न मतगणना परिणामअनुसार प्रतिस्पर्धी खेमराज पोखरेललाई ९६ मतको अन्तरले पराजीत गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले जनाएअनुसार खनालले ३८३ मतसहित जीत निकाल्दा प्रतिस्पर्धी पोखरेलले २८७ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा ३ मतको अन्तरले पर्शुराम यादव बिजयी बने । यादवले ३३२ मतसहित जीत निकाल्दा प्रतिस्पर्धी नन्द बस्नेतले ३२९ मत ल्याए ।

यस्तै सचिवमा ३८८ मतसहित राम कोइराला निर्वाचित हुँदा उनीसँग प्रतिस्पर्धा गरेका पदम लिम्बुले २७० मत पाए । यस्तै उपसचिव महिलातर्फ ४३८ मतसहित इन्द्रकला राई निर्वाचित हुँदा प्रतिस्पर्धी कमला मगरले १९१ मत पाईन् ।

यस्तै उपसचिव खुल्लातर्फ यामकुमार सुब्बा ३८५ मतसहित बिजयी बन्दा प्रतिस्पर्धी देवानन्द मेहताले १९७ मत ल्याएका छन् । एमाले सुनसरीको निर्वाचनमा ६६१ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot