Logo

जसपाले भन्यो: अदालतले पार्टीलाई संसदीय गतिविधि संचालनमा कुनै रोक लगाईएको छैन्



काठमाडौं,१० जेठ । जनता समाजवादी पार्टीले नेता,कार्यकर्ता तथा पार्टीप्रति शुभेच्छा राख्ने सबैमा भ्रममा नपरी पार्टी कामलाई निरन्तरता दिन आग्रह गरेको छ ।

जनता समाजवादी पार्टी, नेपालबाट छुट्टीई बनेको जनता समाजवादी पार्टीका महासचिव म्होमद इश्तियाक राईले आज एक विज्ञप्ति जारी गर्दै भ्रममा नपरी आफ्नो काम गर्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

जसपालाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगले गत वैशाख २४ गते राजनीतिक दल दर्ताको प्रमाण पत्र दिएको थियो । तर, पार्टी फुटाउनेलाई कारबाहीको माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अदालतमा पुगेपछि हाल सो विवाद अदालतमा विचाराधीन रहेको छ ।

‘संघीय संसद सदस्यलाई संसदीय गतिविधि संचालन गर्न कुनै रोक लगाईएको छैन । सम्मानित सर्वोच्च अदालतमा विचाराधिन रहेको यस अधिको मुद्दाको समेत उक्त मुद्दा इंजालास नवसेको कारण आज सुनवाई हुन सकेन सम्मानीत अदालतमा दुवै पक्ष आगामी पेशीमा उपस्थित भई छलफल भएपछि संविधान र ऐन कानुन वमोजिम निष्पक्ष न्याय निरूपण हुनेमा हामीले विश्वास लिएका छौ’ उनले भनेका छन् ।

जनता समाजवादी पार्टीमा सनाखत गरि सकेका संघीय सांसद, प्रदेश सांसद तथा जनप्रतिनिधिहरुलाई काम गर्न बन्देज नलगाएको बताउँदै पार्टीको सम्पूर्ण काम संविधानले दिएका समिति निर्माण, भेला, सम्मेलन, पार्टी समिति रुपान्तरण गर्ने जस्ता संगठानिक काम गर्न जनता समाजवादी पार्टीका महासचिव राईले आपm्ना कार्यकर्तालाई स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot