Logo

सिरोहियालाई प्रतिशोधपूर्ण गिरफ्तारी गरियो, उहाँको नागरिकता किर्ते हुँदै होईनः विमलेन्द्र निधि



काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको बताएका छन् । आज (बिहिबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै उनले सिरोहिया बोनाफाइड नेपाली नागरिक रहेको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको समाचार लेखेको कारण सिरोहियालाई पक्राउ गरिएको उनले बताए ।

साथै, आफूहरु सिरोहियाको साथमा र गिरफ्तारीको विरुद्धमा रहेको उनले बताए । सिरोहियाको नागरिकता विवादमा पञ्चायती व्यवस्थादेखि अहिलेसम्म पटक–पटक नागरिकता ऐन संशोधन भएको कारण केही कानुनी र व्यवस्थापकीय त्रुटि देखिएको हुनसक्ने उनको भनाइ छ ।

‘हामी कैलाश सिरोहियाको साथमा छौं । कैलाश सिरोहियाको गिरफ्तारीको विरुद्धमा छौं । यो प्रतिशोधपूर्ण गिरफ्तारी हो । सरकारले रिहाइ गर्नुपर्दछ । उहाँमाथि जुन आरोप लगाइएको छ, त्यो आरोप पनि निराधार हुन् । नागरिकताको बारेमा सरकारले अहिलेदेखि होईन, पञ्चायती व्यवस्थादेखि अहिलेसम्म संविधानमा र कानुनमा पटक–पटक संशोधन गरेको छ । कानुनी त्रुटिको कारणले गर्दाखेरी, व्यवस्थापकीय त्रुटिको कारणले गर्दाखेरी रेकर्डहरु फरक–फरक देखिएको छ । किर्ते हुँद ैहोईन, उहाँ अपराधी हुँदै होईन । यो सबैको सरोकारको विषय हो,’– उनले भने ।

साथै, उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेले दोहोरो नागरिकता लिँदा पनि सफाइ पाएको प्रसंग उल्लेख गर्दै प्रतिशोधपूर्ण गिरफ्तारी नै रहेको जिकिर गरे । आफू सिरोहियालाई भेट्नकै लागि काठमाडौंदेखि जनकपुर आएको पनि उनले सुनाए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot