Logo

‘कांग्रेसले कसैलाई प्रधानमन्त्री प्रस्ताव गर्दा हाकाहाक्की गर्छ, देख्नुभयो होला नि माधव नेपाललाई भेट्न देउवा जानुभएको ?’



काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कहिले पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । आज (बिहीबार) पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले कसैलाई पनि अध्यारोमा प्रस्ताव नगर्ने बताएका हुन् । उनले कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेझैं हाकाहाक्की गर्ने बताएका हु्न् । उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको स्वीकार गरे । अध्यक्ष नेपालले संसद्मा आफ्नो दलको उपस्थिति कमजोर रहेको भन्दै प्रधानमन्त्री बन्न अस्वीकार गरेको उनले बताए ।

‘कसैलाई प्रधानमन्त्री बनाउन पर्यो भने कांग्रेस हाकाहाक्की गर्छ । माधव नेपाललाई शेरबहादुर देउवा गएर भेटेको देख्नुभयो नि । कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने हो भने उज्यालोमा माधव नेपाललाई जसरी गर्छ । माधव नेपाल आफ्नो गणितीय आधारमा अस्वीकार गर्नुभयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot