Logo

उपेन्द्रको दुखेसो: राज्यशक्तिको दुरूपयोग गरेर हाम्रो पार्टी फुटाईयो



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा रहनेहरुले राज्यशक्तिको दुरुपयोग गरेर आफ्नो पार्टी फुटाईदिएको गुनासो गरेका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कुराकानी गर्दै पूर्व उपप्रधानमन्त्री यादवले सरकारमा बस्नेहरुले राज्यशक्तिको दुरुपयोग गरेको बताएका हुन् ।

‘प्रधानमन्त्री आफैं भन्दै हुनुहुन्छ सरकार टिकाउनका लागि जसपालाई फुटाएँ, जे पनि गर्छु’, उनले भने,’प्रधानमन्त्रीले जे गरेर पनि सत्ता टिकाउने र राज्यको शक्ति र स्राेतलाई दुरुपयोग गरेर पार्टी फुटाउने कार्य भनेकाे लाेकतन्त्रलाई सिध्याउने अभ्यास हाे, लाेकतन्त्रलाई सिध्याउने खेल राज्यबाट भइरहेको छ ।’

अमेरिका भ्रमणमा रहँदा यादवको पार्टी विभाजन भएको थियो । वरिष्ठ नेता अशोक राईसहितले यादव नेतृत्वको पार्टी फुटाएर जसपा गठन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot