Logo

महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यलाई तीब्रता दिँदै जसपा नेपाल



काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यलाई तीब्रता दिएको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुुसार अहिले पार्टीका विभिन्न तहगत समिति, जनवर्गीय सङ्गठन, पेसागत तथा सामाजिक सङ्घ सङ्गठनबाट प्रतिनिधि निर्वाचन कार्य भइरहेको छ ।

‘प्रतिनिधि निर्वाचनका लागि केन्द्रीय निर्वाचन तदर्थ समितिले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र तथा जनवर्गीय सङ्घ, सङ्गठनहरुमा निर्वाचन अधिकृत खटाएको छ । पार्टी सदस्यताको आधार र समितिगत प्रतिनिधित्व गरेर करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्,’– बस्नेतले भने ।

बस्नेतका अनुसार महाधिवेशनको कार्यतालिका अनुसार जेठ १५ गते सङ्गठन विभागले निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको अभिलेखीकरण गरी केन्द्रीय निर्वाचन तदर्थ समितिले अन्तिम नामावली प्रकाशन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot